इलाम । गत आइतबार मृतावस्थामा फेला परेका एक युवकलाई हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । यहाँस्थित सूर्योदय नगरपालिका–७ गोगनेका २९ वर्षीय विमल घलेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले भारत दार्जिलिङ विजनबारी घर भएका २९ वर्षीय विजय घले र स्थानीय २८ वर्षीय समुन घलेलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै मृतक घलेसँगै रहेको खुलेपछि हत्या गरेको आशङ््कामा पक्राउ गरेको जनाइएको छ । आइतबार राति १० बजे मादकपदार्थ सेवन गरी झगडा हुँदा ढुङ्गा प्रहार गरेर हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो ।
सोमबार बिहान नजिकैको खोल्सीमा विमललाई मृतावस्थामा स्थानीयवासीले फेला पारेका थिए । घटनास्थल वरिपरि रगत चुहिएको र मृतकको शरीरमा ढुङ्गा प्रहार भएजस्तो गहिरो चोटपटक र नीलडाम देखिएको थियो । शव परीक्षण गरी मङ्गलबार परिवारलाई जिम्मा लगाइएको छ ।(रासस)
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०१ माघ २०७६, १४ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ
निकोलस भुसाल पक्राउ
२ सय १० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी, एक जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ
चोरीको मोटरसाइकल बेच्न खोज्ने दुई जना पक्राउ