फेरि बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

सफल खबर संवाददाता

बुधबार, ०१ माघ २०७६, १२ : २८
फेरि बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

काठमाडौँ । बुधबार नेपाली बजारमा फेरि सुनको मूल्य बढेको छ । अघिल्लो दिन तोलामा ७४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार रु ७०० बढेर ७४ हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

महासंघका अनुसार तेजावी सुन बुधबार तोलामा ७० हजार ४०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै चाँदी पनि बढेको छ । मंगलबार तोलामा रु ८८० मा कारोबार भएको चाँदी बुधबार बढेर रु ८८५ मा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस