चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको माडीलाई मणी बनाउने अभियान सफलता उन्मुख रहेको बताउनुभएको छ । केही काम गरिएको र परिणाम देखिन अझै केही समय लाग्ने भएकाले प्रयास जारी रहेको उहाँको भनाइ छ ।
आजबाट सुरु भएको प्रथम माडी खिचरा महोत्सवको उद्घाटन गर्नुहुँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘म माडीलाई मणी बनाउने अभियानमा निरन्तर जुटिरहेको छ, बनाएर छोड्छु ।’ कृषि, पर्यटन, विभिन्न भौतिक पूर्वाधार निर्माणसँगै स्थानीयको जीवनस्तर उकास्ने विभिन्न काम भइरहेको बताउँदै प्रचण्डले सबैको साथ रहे छिट्टै नै मणी बन्ने बताउनुभयो ।
उहाँले माडीलाई मणी बनाउन सबै भन्दा ठूलो समस्याका रुपमा रहेको २०२९ को निकुञ्ज ऐन परिवर्तनका लागि आफूले माथिल्लो तहबाट पहल गरिरहेको बताउनुभएको छ । उहाँले निकुञ्ज ऐनले वन्यजन्तुको सुरक्षामा मात्रै ध्यान दिएको तर मानिसको बारेमा कुनै ध्यान नदिएकाले परिवर्तनका लागि पहल भइरहेको बताउनुभयो ।
प्रचण्डले भन्नुभयो, ‘वन मन्त्रालय, प्रधानमन्त्रीसँग, अर्थमन्त्रालयसँग कसरी बहस, छलफल गरिरहेको छ भन्नेकुरा माडीका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिले प्रष्टसँग देखिरहेका छन । माडीका जनता चितवनवासी हुदाँहुँदै पनि अर्कै भुगोलका जनता जसरी पीडित बनिरहनुपरेको छ, त्यो पीडा समाधानका लागि म लगातार बहसमा छु, लगातार संघर्षमा छु । ऐन संशोधनको प्रक्रियामा छ ।’
ऐन संशोधन गरी माडीबासीलाई एउटा सहज र विकासको नयाँ यात्रामा अघि बढाउन आफू प्रतिबद्ध रहेको उहाँको भनाइ छ । वन्यजन्तु र मानवबीचको द्वन्द न्यूनीकरण, भौतिक निर्माण, कृषि पर्यटन, बाढी पहिरोबाट सुरक्षित बनाउनेलगायत सवै प्रोजेक्ट अघि बढाइरहेको प्रचण्डले बताउनुभयो ।
जतिसक्दो चुनौतीपूर्ण भए पनि माडीलाई समृद्ध, सुगम बनाउन र केन्द्रसँग जोडन निरन्तर प्रयास जारी रहेको प्रचण्डको भनाइ छ ।
उहाँले माडीलाई नेपालकै नमुना क्षेत्र बनाउन रिङरोड, रिउ करिडोर, भौतिक पूर्वाधार निर्माणका काम तीब्र गतिमा बढिरहेको भए पनि आफू अहिले नै सन्तुष्ट भने नरहेको बताउनुभयो । आफू निर्वाचित भएको दुई वर्ष पूरा भएको र बाँकी तीन वर्षमा माडीलाई नमुना बनाउने उहाँले दावी गर्नुभयो ।
माडीका विभिन्न संघसंस्थाले गरेको महोत्सव माघ ६ गत्तेसम्म सञ्चालन हुने मूल आयोजक समितिका संयोजक रामेश्वर चौधरीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ पुस २०७६, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय प्रणाली खसीको टाउको झुन्ड्याउने र कुकुरको मासु बेच्ने सिस्टम बन्यो: प्रचण्ड
कुलिङ पिरियडमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ : प्रचण्ड
प्रचण्डले दिए दक्षिण एशीयाली शारीरिक सुगठन प्रतियोगिता विजेता खेलाडीलाई बधाई
परनिर्भरताको अन्त्यका लागि किसानलाई न्याय गर्नुपर्छ : अध्यक्ष प्रचण्ड
पार्टीका आन्दोलनमा विचलन आयो, पदका निम्ति तँछाडमछाड छ : प्रचण्ड
प्रचण्डले दिए एसईई उत्तीर्ण विद्यार्थीलाई बधाइ