परमेश्वरको नाम लिँदै महिलालाई बलात्कार गर्ने क्रिश्चियन पास्टर फन्दामा

सफल खबर संवाददाता

सोमबार, २८ पुस २०७६, २१ : १०
परमेश्वरको नाम लिँदै महिलालाई बलात्कार गर्ने क्रिश्चियन पास्टर फन्दामा

प्रतिकात्मक फोटो

काठमाडौँ । ललितपुरको कुसुन्तीस्थित आशा विश्वासी मण्डला चर्चका पास्टर विश्वास जोशी भनिने ध्रुवबाबु जोशी पक्राउ परेका छन्। बाथसम्बन्धी रोग भएकी महिलालाई उपचारको बहानामा बलात्कार गरेको अभियोगमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका सहप्रवक्ता डीएसपी सन्तोष तामाङले जानकारी दिए । 

पास्टर जोशीले महिलाको शरीरका खुटटाहरु समेत काप्ने थाहा पाएपछि आफूसँग शारीरिक सम्बन्ध राखे सबै रोग निको हुने भन्दै अनेक प्रलोभन देखाएर बलात्कार गरेका थिए । 
डीएसपी तामाङका अनुसार उनले ‘तिमीले नराम्रो काम गरेको कारण तिमीलाई यस्तो रोग लागेको हो। सो पाप मेटाउनको लागि  म सँग शारिरीक सम्पर्क गर्नुपर्छ भनि म प्रार्थना बस्दा परमेश्वरले मलाई भन्नु भएको छ’ भन्दै बलात्कार गरेका थिए । 

उनले शारीरिक सम्बन्ध गरे महिलाको सबै पाप नस्ट हुने भन्दै पहिलो पटक तीन महिनाअघि चापागाँउमोडको एक गेष्ट हाउसको कोठामा बोलाई बलात्कार गरेको पीडित महिलाको उजुरीमा उल्लेख छ । 
बलात्कार पछि उनले शारीरिक सम्पर्क गरेको कुरा कोही कसैलाई भनेमा जे पनि हुन सक्ने भन्दै धम्की समेत दिएका थिए । यस्तै धम्की दिँदै उनले तीन पटकसम्म बलात्कार गरेको पीडित महिलाले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस