सप्तरी । सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी ब्यारेजस्थित गोलपार्कबाट पौष २७ गते एपीएफ टोलीले एउटा भरुवा बन्दुक तथा सोको एक बट्टा बारुद र छर्रासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको कंचनरुप नगरपालिका १ मलपोर बस्ने ४० वर्षिय बाबुलाल चौधरी र सप्तकोशी नगरपालिका १० कमलपुर बस्ने ३० वर्षिय रविन तामाङ्ग छन् ।
उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश भारदहबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
सोही ठाउँमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षणमा शिकार खेल्दै गरेको अवस्थामा उनीहरुलाई एपीएफ टोलीले उक्त भरुवा बन्दुक तथा बारुद र छर्रासहित पक्राउ गरेको हो ।
एपीएफ टोलीले पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ पुस २०७६, १८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ