गेष्ट हाउसमा प्रहरीको छापा, समातिए एक जोडी

सफल खबर संवाददाता

आइतबार, २७ पुस २०७६, १५ : ५९
गेष्ट हाउसमा प्रहरीको छापा, समातिए एक जोडी

File photo

जनकपुर । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित पेपरमिल रोडमा सन्चालनमा रहेको सुविधा गेष्ट हाउसमा छापा मारी प्रहरीले  गएराति १ महिला र १ पुरुष अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ ।

महिलाहरुलाई प्रलोभनमा पारी जबर्जस्ती यौन व्यसायमा लगाउने गेष्ट हाउसकी सन्चालक धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नं ६ की २६ कि रिता चौधरीलाई समेत पक्राउ गरिएको प्रहरीको भनाइ छ । 

पक्राउ परेकाहरुलाई मानव वेचबिखन तथा ओसारपोसार (नियन्त्रण) ऐन २०६४ अन्तर्गत मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस