प्रथम भरतपुर सांस्कृतिक तथा कृषि पर्यटन महोत्सव हुने

शनिबार, २६ पुस २०७६, १६ : ५६
प्रथम भरतपुर सांस्कृतिक तथा कृषि पर्यटन महोत्सव हुने

चितवन । चितवनको भरतपुर महानगरको केन्द्रीय बसपार्कनजिकै प्रथम भरतपुर सांस्कृतिक तथा कृषि पर्यटन उद्योग व्यापार महोत्सव हुने भएको छ।

भरतपुर महानगरपालिकालाई पर्यटकीय गन्तव्यका रुपमा परिचित गराउन महोत्सव आयोजना गरिएको भरतपुर बजार व्यवस्थापन समितिले जनाएको छ । महोत्सव आगामी फागुन २ गतेबाट १३ गतेसम्म हुने बताइएको छ । 

भरतपुर बजार व्यवस्थापन समितिका अध्यक्ष घनश्याम पौडेल श्यामले मेलामा २९ वडाको प्रतिनिधित्व हुने गरी झाँकी तथा प्रदर्शनी हुने बताउनुभयो । यपर्यटन वर्ष २०२० लक्षीत यो मेलाले आन्तरीक तथा बाह्य पर्यटन गरि १० हजार पर्यटन भित्रयाउने लक्ष्य लिएको उहाँको भनाइ छ । यस महोत्सवको ५ करोड बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य छ । 

महोत्सव अवधिभर उत्कृष्ट अण्डा उत्पादक, उत्कृष्ट महिला उद्यमी, उत्कृष्ट केरा उत्पादनक, उत्कृष्ट तरकारी उत्पादक तथा उद्यमशिलतामा अग्रसर व्यक्तिहरुलाई पुरस्कार वितरण गरि हौसला प्रदान गरिने आयोजकले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस