नेपालका जेलमा १२८३ विदेशी, कुन-कुन देशका नागरिक छन् ?

पत्रपत्रिकाबाट

शनिबार, २६ पुस २०७६, ०७ : ०७
नेपालका जेलमा १२८३ विदेशी, कुन-कुन देशका नागरिक छन् ?

काठमाडौं । नेपालका ७४ वटा कारागारमा कूल कैदीबन्दीको संख्या २५ हजार ६ सय ७६ छ। जसमध्ये एक हजार दुई सय ८३ जना विदेशी नागरिक छन्। विदेशी नागरिक भने ३१ वटा कारागारमा राखिएका छन्।

विदेशी कैदीबन्दीको संख्याअनुसार सबैभन्दा धेरै लागूऔषध कारोबारमा संलग्न देखिन्छन्। प्रहरी मुख्यालयका अनुसार कूल विदेशी कैदीबन्दीमध्ये एक हजार ४७ जना भारतीय नागरिक छन्।

अधिकांश लागूऔषध ओसारपसार तथा बिक्रीवितरणमा संलग्न हुन्। भारतीयसँगै नेपाली कारागारमा भुटान, बंगलादेश, चीन, रोमानिया, जर्मन, पाकिस्तान, इटाली, अफ्रिका, नेदरल्याण्ड, नाइजेरिया, साइबेरिया, भियतनाम, जापान, अष्ट्रिया, फिलिपिन्स, मोजाम्बिक, अमेरिका, थाइल्याण्ड, पोल्याण्ड, ब्राजिल, क्यानडा, स्वीट्जरल्याण्ड, आइभोरीकोष्ट, तान्जेनिया, फ्रान्स, सेरालियोन, गिनिया, लाइबेरिया, गाम्बिया र इरानका छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस