लाप्राकमा मकै रोप्नु अघि यसरी गरिन्छ बिहे

पत्रपत्रिकाबाट

सोमबार, २९ माघ २०७४, ०८ : ४०
लाप्राकमा मकै रोप्नु अघि यसरी गरिन्छ बिहे

गोरखा । लाप्राकका किसानले शनिबार धुमधामले मकैको बिहे गरेका छन् । मकै रोप्नुअघि प्राचीन परम्पराअनुसार उनीहरुले मकैको बिहे गरेका हुन् ।

‘मकैको बिहे नगरी मकै रोप्न नहुने परम्परा छ’, स्थानीय मार्सिङ गुरुङले भने, ‘फागुन लागेपछि मकै रोप्ने काम हुन्छ, त्यसैले मकैको बिहे गरेका हौं ।’

मनाङे डाँडादेखि सुरु भएको बिहे कार्यक्रम गाउँमा आएर समापन भएको थियो । साँझ लामागुले चोखो ठाउँमा मकैको बीउ रोप्छ, बिहान त्यो बीउ निकाल्छ, उनले भने, त्यसपछि सबै गाउँले भेला हुन्छन् ।

'एउटा १०/११ बर्षका केटालाई बेहुला बनाउँछौं, अनि बस्तीभन्दा तल पुगेपछि त्यही उमेरकी केटीलाई दुलही बनाएर राखिएको हुन्छ । उनीहरुको भेट गराएपछि दुवैलाई डोलीमा बोकेर ल्याइन्छ ।' बाटोमा गाउँलेले नाचगान गरेर रमाइलो गर्ने उनले बताए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस