चितवन । ट्यांकरको ठक्करबाट चितवनमा मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा भिमसेन गाँउपालिका ४ का ३५ वर्षीय इन्द्र तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
राप्ती नगरपालिका ६ हर्दीस्थित पुर्व पश्चिम लोकमार्गमा टाँडीबाट लोथरतर्फ जाँदै गरेको ना ७ ख ४६६० नम्बरको ट्यांकरले सोहि दिसातर्फ गइरहेको प्रदेश न तिन ०२,००५ प नम्बरको मोटरसाईकललाई बिहिबार ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जना गम्भिर घाइते भएका थिए । मोटरसाइकल चालक इन्द्रको भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक एक नारायण कोइरालाले बताए ।
मोटरसाइकलको पछाडी सवार अर्का गोरखा भिमसेन गाँउपालिका ४ कै २४ वर्षीय सुगम तामाङको गम्भिर अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुवै सवारीसाधान र ट्यांकर चालक प्रहरी नियन्त्रणमा रहेको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ पुस २०७६, २२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु
ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक लामाको मृत्यु
मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु