चितवन । ट्यांकरको ठक्करबाट चितवनमा मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा भिमसेन गाँउपालिका ४ का ३५ वर्षीय इन्द्र तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
राप्ती नगरपालिका ६ हर्दीस्थित पुर्व पश्चिम लोकमार्गमा टाँडीबाट लोथरतर्फ जाँदै गरेको ना ७ ख ४६६० नम्बरको ट्यांकरले सोहि दिसातर्फ गइरहेको प्रदेश न तिन ०२,००५ प नम्बरको मोटरसाईकललाई बिहिबार ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जना गम्भिर घाइते भएका थिए । मोटरसाइकल चालक इन्द्रको भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक एक नारायण कोइरालाले बताए ।
मोटरसाइकलको पछाडी सवार अर्का गोरखा भिमसेन गाँउपालिका ४ कै २४ वर्षीय सुगम तामाङको गम्भिर अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुवै सवारीसाधान र ट्यांकर चालक प्रहरी नियन्त्रणमा रहेको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ पुस २०७६, २२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु