चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा काटिएको भित्तामा पहिरो रोक्ने काम जारी छ । यही २२ गतेसम्म दिउँसोमा ११ देखि तीन बजे चार घण्टा काम रोकेर पहिरो रोक्न मजदुरहरु खटाइएको थियो । अहिले उक्त समयमा दुई दिन थपेर काम जारी छ । मजदुरहरु जोखिम मोलेर काममा व्यस्त छन् ।
उनीहरु डोरीमा बाँधेर भिरमा काम गर्दै छन् । कोह चट्टाने भिरमा उप्किएका ढुंगा खसाल्दै छन् भने कोही किला ठोकेर तारजाली लगाउने काममा सकृय छन् । यसलाई रक नेटिंग र बोल्टींग भनिन्छ । यसले पहिरो रोक्न सहयोग गर्छ ।
नारायणगढ मुग्लिन सडक आयोजनाका अनुसार यहाँको विभिन्न आठ ठाउँमा काम जारी छ । गाईघाट, भोर्ले, घुमाउने, भालुढुङ्गा, जलविरे, चार किलो, तोपे खोला र काली खोलामा पहिरो रोक्न मजदूर खटाइएको छ । सबैभन्दा ठूलो पहिरोको जोखिम चार किलो र तोपे खोलामा छ ।




प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ पुस २०७६, १८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–बुटवल सडक : सकियो दाउन्नेमा एकतर्फी ढलान
सडकमा विद्यार्थी संगठन , बालेन सरकारमाथि अधिनायकवादको आरोप
वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध
पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट
तीन दिनपछि दाउन्ने सडक एकतर्फी खुल्यो
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला