अनुमानको भरमा जल तथा मौसम विज्ञान विभाग

पत्रपत्रिकाबाट

सोमबार, २९ माघ २०७४, ०६ : ४१
अनुमानको भरमा जल तथा मौसम विज्ञान विभाग

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आम सर्वसाधारणसहित अन्य सरोकारवाला निकायलाई यस्तो सूचना सम्प्रेषण गर्ने जिम्मेवारी पाएको छ ।

तर उच्च पहाडी र हिमाली भेगको मौसमी सूचना लगभग अनुमानको भरमा हुँदै आएको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

समाचरामा लेखिएको छ, हिमपात कति मात्रामा भइरहेको छ र यसको प्रभाव कस्तो रहन्छ भन्ने प्रश्नमा विभागका अधिकारीहरु प्रस्ट जवाफ दिँदैनन् ।

यसै जिज्ञासामा गतसाता एक मौसमविदले भने,

-हिमपात भयो भन्ने खबर सुन्यौं, तर के कति मात्रामा हिमपात भयो भन्ने सूचना हामी अद्दावधिक गर्न सक्दैनौं ।

-बरु हामी त पत्रपत्रिका र सञ्चार माध्यममा समाचार आएपछि यति फिटसम्म हिमपात भएछ, भन्ने खबर थाहा पाउँछौं ।

प्रतिक्रिया दिनुहोस