पौडेल पक्षले पार्टी कार्यालयको भेला किन सार्यो  अनुपम फुडल्यान्डमा ?

पार्टी कार्यलयमै सभापति देउवा विरुद्धको भेला राखेको पौडेल पक्षले अन्तत भेला बत्तिसपुतलीको एउटा बैंकेटमा सार्यो

सफल खबर संवाददाता

मंगलबार, २२ पुस २०७६, १० : १७
पौडेल पक्षले पार्टी कार्यालयको भेला किन सार्यो  अनुपम फुडल्यान्डमा ?

काठमाडौं । सामान्यतयाः पार्टी कार्यालयमा गुटका भेला बैठक बस्दैनन् । तर काँग्रेसमा पार्टी संस्थापन पक्षका विरुद्ध नै अन्य पक्षले पार्टी कार्यालयमै जिल्ला सभापतिको भेला बोलाइनुलाई चानचुने  विषय ठानिएको थिएन् ।

पार्टीमा अर्काे कार्यकाल पनि सभापति ताक्दै गरेका र आफु इतर पक्षमा कोइराला परिवार, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्ण सिटौला, अर्जुन नरसिंह केसी देखि रामशरण महतसम्मका प्रभावशाली नेताहरु एकत्रित भएर लागिरहंदा समेत कतै हलचल नगरेका सभापति शेरबहादुर देउवा विरुद्ध पार्टी कार्यलयमै सभापतिहरुको भेला बोलाइनु पौडेल पक्षको आँट भनेर काँग्रेस भित्र चर्चा चलिरहेको थियो ।

केन्द्रीय कार्यालयमै जिल्ला बहुमत जिल्ला सभापतिहरुले आफु र आफुले गरेको निर्णयका विरुद्ध हुँकार भईरहदा सभापति देउवा भने आफ्नै निवास बुढानिलकण्ठमै थिए । पार्टी कार्यालय पुग्ने आफु पक्षिय नेतालाई पनि उनले आफ्नै निवासमा बोलाई छलफल र भेटघाट गरेर सभापति देउवा बसिरहेका थिए ।

भेला नसकिएकोले संस्थापन इतर समुहले आज पनि त्यसलाई निरन्तरता दिदैछन् । तर पार्टी कार्यलयमै रवाफिलो शैलीमा भेला राखेका असन्तुष्ट पक्षले आजको भेला भने केन्द्रीय कार्यालयवाट सारेर अनुपम फुडल्याण्न्ड एण्ड बैंकट बत्तिसपुतलीमा राखेको छ ।

पार्टी कार्यालयमै भेला बोलाईसकेपछि आजको भेला पौडेल पक्षले किन सा¥यो ? काँग्रेस भित्र अहिले चर्चाको विषय छ । संस्थापन पक्षले अहिले भईरहेको भेला अवैधानिक भएको, अनुशासनको कारवाही गर्ने चेतावनी दिईरहेको कारण कतै संस्थापनको दबाबमा पौडेल पक्षले कार्यक्रम केन्द्रीय कार्यालयबाट अन्यत्र सार्न बाध्य भएको हो की भन्ने चर्चा पनि काँग्रेसभित्र चलिरहेको छ ।

पौडेल पक्षका नेताहरुले बढी भन्दा बढी नेताहरुको सहभागिता गराउनका लागि कार्यक्रम केन्द्रीय कार्यालयबाट बैंकटमा सारिएको बताएको छ । हुन त काँग्रेसभित्र अहिले भईरहेको शक्ति संर्घष अबको महाधिवेशनबाट काँग्रेसमा कसले कब्जा जमाउने भन्ने नै हो । त्यसका लागि सभापति देउवाले आफु अनुकुलको निर्णय लिन थालेपछि र आफुलाई सजिलोका लागि रणनीति बनाउन थालेपछि इतर पक्षका नेताहरु पनि धुव्रिकृत हुन थालेका हुन् ।

उनीहरुले सभापतिको कार्यशैलीमाथी प्रश्न उठाएर जनमत आफ्नो पक्षमा लिने प्रयासकै लागि अहिलेको भेला आयोजना गरिएको हो । पार्टी केन्द्रीय कार्यालयमा कार्यक्रम गर्न जो कुनै नेता कार्यकर्ताले पनि केन्द्रीय कार्यालयसँग अनुमति लिएर गर्नुपर्ने हुन्छ । तर पौडेल पक्षले त्यसरी अनुमति लिएको देखिदैन् ।

देउवा पक्षिय केन्द्रीय सदस्य मीन विश्वकर्माको भनाईमा, केन्द्रिय कार्यसमितिका ८५ सदस्य र पदाधिकारीमध्ये एक जनाले कुनै औपचारिक कार्यक्रम गर्नको लागि केन्द्रीय कार्यसमितिको स्विकृति लिनुपर्ने हुन्छ । तर औपचारिक बैठक बस्नको लागि केन्द्रिय कार्यसमितिले औपचारिक निर्णय गरेको छैन् । जिल्ला सभापतिहरुको बारेमा विधानले विधानतः कुनै पनि संगठन मान्दैन् ।

त्यस्तो बेला केन्द्रीय कार्यालयमै जिल्ला सभापतिको भेला संस्थापन इतर पक्षले पार्टी कार्यालयमै बोलाएपछि जिल्ला सभापतिहरुकै बीचमा पनि बिबाद निम्तेको छ । कतिपय सभापतिले यो भेला समुहको भेला भएकोले पार्टी कार्यालयमा नराख्न सुझाव दिएपछि पौडेल पक्षले कार्यक्रम स्थल फेरेको निकट स्रोतले बताएको छ । ५६ जना जिल्ला सभापतिले भेलामा आउने जानकारी गराएपनि ४३ जनामात्र सोमबारको भेलामा सहभागी थिए ।

अन्य नेताहरुले पार्टी कार्यालयमा गुटको भेला राखिएकोमा असन्तुष्टि जनाउदै नआएको उनीहरुकै तर्क छ । काँग्रेस रोल्पा जिल्ला सभापति अमरसिंह पुनले भने,–‘पार्टी कार्यालयमा भेला राख्ने की नराख्ने भन्ने थियो । नेताहरुले पार्टी कार्यालयमै राख्नुभएछ् । यसमा कतिपय साथीहरु सन्तुष्ट देखिएनन्, त्यही भएर भेला स्थल सार्ने निर्णयमा पुगिएको हो ।’

प्रतिक्रिया दिनुहोस