भरतपुर । चितवनमा सोमबार राति भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुलेको छैन ।
रत्ननगर नगरपालिका–४ देबैलीस्थित सडकखण्डमा रोकिराखेको ना ५ ख ६४४५ नंको मिनीट्रकमा सौराहादेखि टाँडीतर्फ आउँदै गरेको ना ३८ प ८३२८ नंको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परि करीब २९ वर्षका पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मृतकको शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ । दुवै सवारीसाधन र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।(रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
चितवनमा दुई ट्रक एकआपसमा ठोकिँयो, ७ जना घाइते
बस र टिप्पर आपसमा ठोक्किँदा ७ जना घाइते
चितवनको रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते
पोखरामा माइक्रो बस दुर्घटना
‘टिपर’ दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु
मोटरसाइकल चोरेर भाग्दा टिप्परसँग ठोक्किएर दुर्घटना