क्रिकेट रंगशाला निर्माणमा हेटौडा उपमहानगरले ३० लाख दिने घोषणा

सफल खबर संवाददाता

सोमबार, २१ पुस २०७६, १८ : ००
क्रिकेट रंगशाला निर्माणमा हेटौडा उपमहानगरले ३० लाख दिने घोषणा

चितवन । हेटौडा उपमहानगरपालिकाले चितवनको भरतपुरमा निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागी ३० लाख रुपैयाँ सहयोग दिने घोषणा गरेको छ । उपमहानगरको टोलीले आज रंगशालाको स्थलगत अवलोकनपछि उक्त सहयोगको घोषणा गरेको हो । 

उपमहानगरका मेयर हरी बहादुर महतले घोषणा गरीएको रकम केहि दिनमै हस्तान्तरण गर्ने बताए । उनले सम्भव भएसम्म भोली साँझसम्म नभए पर्सि रंगशालामै पुगेर सहयोग हस्तान्तरण गर्ने बताए । उनले भने ‘स्थलगत अवलोकनपछि हेटौँडा फर्किएलगत्तै आजै कार्यपालिकाबाट सवै प्रक्रिया पुरा गरेका छौँ । भोली चेक बन्नेछ ।’

स्थलगत अवलोकनका क्रममा रंगशालामा उत्साहजनक निर्माणको माहोल देखिएको मेयर महतले बताए । राष्ट्रिय गौरवको आयोजना भएकाले सवै नेपालीले थोरै थोरै सहयोग गरे निर्धारीत समयमानै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरेका छन । 

मेयर महतले मुलुकभरका ७५३ वटा स्थानीय तहले अपनत्व ग्रहण गरेर सकेको सहयोग गरे कुनै अफ्ठ्यारो नरहेको बताए । नेपालले गर्व गर्ने आयोजना जुनसुकै जिल्लामा बने पनि हामि सवैको साझा सम्पत्ती भएकाले आफुहरुले अहिले तत्कालका लागी ३० लाख सहयोग दिने प्रतिवद्धता जनाएको उनको भनाई छ । 

पछिल्लो समय सहयोग जुट्नेक्रम बढीरहेको छ । देश तथा विदेशबाट संस्थागत तथा व्यक्तिगत रुपमा सहयोग आइरहेको निर्माणको अगुवाई गरीरहेको धुर्मुस सुन्तली फाउण्डेसनले जनाएको छ । भरतपुर महानगरपालिका १५ रामपुरमा निर्माण भईरहेको रंगशालामा अहिले २५० भन्दा धेरै कामदार दैनिक खटिइरहेका छन । 
 

प्रतिक्रिया दिनुहोस