काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन र हिरासहित दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले सुन र हिरासहित भारतीय नागरिक मोहम्मद माईदिन साथट र कोटाककुथ किजाकेथिललाई आईतबार पक्राउ गरेको हो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले स्थालीलाई २२२ ग्राम हिरा र किजाकेथिललाई ५०० ग्राम सुनसहित पक्राउ गरिएको जानकारी दिनुभयो ।
पक्राउ परेका माईदिन नेपाल एयरलाइन्स उडानद्वारा मलेसियाबाट नेपाल आएका र कोटाककुथलाई दुबईको उडानद्वारा दुबई हुँदै नेपाल आएको अनुसन्धानमा खुलेको छ । पक्राउ परेकाले सुन र हिरालाई क्याप्सुल बनाएर मलद्वारमा लुकाइछिपाइ गरेर ल्याएको प्रवक्ता ज्ञवालीले बताउनुभयो । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
बजारमा सुनको कृत्रिम अभाव
२४ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा ४२०० रुपैयाँ घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?
२३ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार ?