चितवन । चितवन राष्ट्रिय निकुञ्जको एउटा भाले गैंडा आज मृत फेला परेको छ । निकुञ्जको पश्चिम सेक्टर कावासोतिको कुलेनिमा भाले गैंडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार अन्दाजी ८ वर्षको भाले गैंडा किसानको बारीमा मरेको अवस्थामा फेला परेको हो । थप सोधपुछका लागि जग्गा धनीलाई नियन्त्रणमा लिईएको सूचना अधिकारी घिमिरेले बताए ।
थप अनुसन्धान भईरहेकाले गैंडाको पोसमार्टम रिपोर्ट आएपछि मात्रै बास्तविकता थाहा हुने उनले बताए । चालु आर्थिक वर्षमा विभिन्न कारणले ८ वटा गैंडा मरेका छन् । निकुञ्ज क्षेत्रमा ६ वटा र डिभिजन वन कार्यालय अन्र्तगतको वनमा २ वटा गैंडा मरेको घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० पुस २०७६, १८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वन्यजन्तु संरक्षण गर्न कृत्रिम ताल निर्माण
चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
चितवनका दुई हात्ती कतार पठाइँदै
वर्षे सुरक्षामा जुट्यो चितवन राष्ट्रिय निकुञ्ज
पाँच महिनामा चार हात्तीले जन्माए छावा
जंगली हात्तीको आक्रमणबाट निकुञ्ज सुरक्षामा खटिएका सैनिक घाइते