भक्तपुर । चाँगुनारायण नगरपालिका-२ दुवाकोट वारुदखानास्थित सडकबाट प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने मकवानपुर भिमफेदी गाउँपालिका-३ घर भई दुवाकोट बस्ने २९ वर्षीय उत्तम थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
सोही स्थानमा महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले बा. ३० प ८६८९ नम्बरको मोटरसाइकलमा सवार मगरलाई मादक पदार्थ सेवन गरी सवारी चलाएको फेला पारी कागजपत्र माग्दा उक्त नगद दिन खोजे पश्चात नगद सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० पुस २०७६, १४ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ