नेपाल भारत सीमाबाट एक नेपालीको अपहरण

सफल खबर संवाददाता

शनिबार, १९ पुस २०७६, २१ : १२
नेपाल भारत सीमाबाट एक नेपालीको अपहरण

प्रतिकात्मक फोटो

कपिलवस्तु । नेपाल भारत सीमाको बजार मर्यादपुरबाट एक नेपालीको अपहरण भएको छ । यशोधरा गाउपालिका–८, मटेरियाका अन्दाजी बर्षका ४२ मुवारक खानलाई भारतीय अज्ञात समुहले शनिबार दिउँसो यशोधरा गाउपालिका–७,मर्यादपुर चोकबाट,अपहरण गरेको हो । उनी मर्यादपुर चोकमा बसीरहेको अवस्थामा भारतीय समुहले जबरजस्ती युपी ५५ एस ०१०१ नम्बरको सेतो रंगको स्कोर्पियो गाडीमा राखेर मर्यादपुर सिमा नाका हुदैं भारत लगेको स्थानीय प्रत्यक्षदर्शीले बताए ।

उक्त युपी ५५ एस ०१०१ नम्बरको सेतो रंगको स्कोर्पियो गाडी बिहान ११.४४ बजे सुठौली भन्सार कार्यालयबाट रु ५ सय तिरी २०७६ पौष १९ गते १ दिनकोलागी भन्सार गराएको भन्सारको रेकार्डमा देखिन्छ । सो गाडी भारत उत्तर प्रदेश जिल्ला सिद्धाथनगरको दयान्नद उपाध्यायको नाममा रहेको छ । 

पिडीतको भाईले मेरोदाइलाई सुरक्षित घर फार्कई दिनु हुन मानव अधिकार कर्मी, संचार कर्मी, नागरिक समाजसंग अनुरोध गरेका छन । मर्यादपुर चौकमा स्थानियले अर्कोसित भै बाटामो जे सि बी राखी  जाम गरेका थिए । प्रहरीले खोजी कार्य तिब्र गतीमा बढाएकोले र खोजमा स्थानियको सहयोगको अवश्यक्ता भएको सहयोग गर्न अग्रह समेत गरे  । प्रहरीको अग्रहमा र बटुवाको समस्यालाई मध्य नजर गरि बाटो खोलिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस