कपिलवस्तु । नेपाल भारत सीमाको बजार मर्यादपुरबाट एक नेपालीको अपहरण भएको छ । यशोधरा गाउपालिका–८, मटेरियाका अन्दाजी बर्षका ४२ मुवारक खानलाई भारतीय अज्ञात समुहले शनिबार दिउँसो यशोधरा गाउपालिका–७,मर्यादपुर चोकबाट,अपहरण गरेको हो । उनी मर्यादपुर चोकमा बसीरहेको अवस्थामा भारतीय समुहले जबरजस्ती युपी ५५ एस ०१०१ नम्बरको सेतो रंगको स्कोर्पियो गाडीमा राखेर मर्यादपुर सिमा नाका हुदैं भारत लगेको स्थानीय प्रत्यक्षदर्शीले बताए ।
उक्त युपी ५५ एस ०१०१ नम्बरको सेतो रंगको स्कोर्पियो गाडी बिहान ११.४४ बजे सुठौली भन्सार कार्यालयबाट रु ५ सय तिरी २०७६ पौष १९ गते १ दिनकोलागी भन्सार गराएको भन्सारको रेकार्डमा देखिन्छ । सो गाडी भारत उत्तर प्रदेश जिल्ला सिद्धाथनगरको दयान्नद उपाध्यायको नाममा रहेको छ ।
पिडीतको भाईले मेरोदाइलाई सुरक्षित घर फार्कई दिनु हुन मानव अधिकार कर्मी, संचार कर्मी, नागरिक समाजसंग अनुरोध गरेका छन । मर्यादपुर चौकमा स्थानियले अर्कोसित भै बाटामो जे सि बी राखी जाम गरेका थिए । प्रहरीले खोजी कार्य तिब्र गतीमा बढाएकोले र खोजमा स्थानियको सहयोगको अवश्यक्ता भएको सहयोग गर्न अग्रह समेत गरे । प्रहरीको अग्रहमा र बटुवाको समस्यालाई मध्य नजर गरि बाटो खोलिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ पुस २०७६, २१ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा
अमेरिकी महिला पोखराबाट अपहरण, मकवानपुरबाट उद्धार
अमेरिकी वृद्धा अपहरण गरेको आरोपमा एक महिला पक्राउ
अमेरिकाले आफ्ना नागरिक ‘अपहरण’ गरेको भेनुजुएलाको आरोप
पाकिस्तानमा रेल अपहरण : २१४ बन्दी, ३० जनाको हत्या