चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पूर्ण पोषणयुक्त दुग्धजन्य पदार्थ विद्यार्थीहरूलाई वितरण गर्दै दूधको गुणस्तरीय उत्पादन र पूर्णरूपमा सेवन गरी स्वस्थ बन्न आग्रह गर्नुभयो ।
शनिवार श्री मावि ढड्डाघारीको ५६ औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा सो विद्यालयमा अध्यानरत ५ सय विद्यार्थीलाई दूध, पनिर, मिठाई तथा दुग्धजन्य पदार्थ वितरण गर्दै विद्यालयमा जंक फूडको प्रयोगलाई निरूत्साहित गरी दुग्धजन्य पदार्थको प्रयोग बढाउन आग्रह गर्नुभयो ।
प्रमुख दाहालले दूध पूर्ण पोषण भएको भन्दै यसको समुचित र निरन्तर प्रयोगले सबै उमेर समुहको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउनु भयो । दूधमा पाइने जति पोषण अरू पदार्थमा नपाइने भन्दै उहाँले बालबालिका र विद्यार्थीहरूका लागि दूधको प्रयोग अनिवार्य गर्न आग्रह गर्नुभयो ।
विद्यालय दुग्धपदार्थ प्रयोग सचेतना कार्यक्रम अन्तर्गत दुग्ध बिकास बोर्डले आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएकी प्रमुख दाहालले गुणस्तरीय दूध उत्पादन र यसको बजारीकरणमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा दुग्ध बिकास बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले विद्यार्थीहरुलाई दूधको महत्व र यसको सेवनमा प्रेरित गर्न विद्यालय दुग्धपदार्थ सचेतना कार्यक्रम संचालन गरिएको भन्दै यसलाई ब्यापक बनाउँदै दुग्धपदार्थको बजारीकरण गर्न बोर्डले काम गरिरहेको बताउनु भयो ।
कार्यक्रममा बोर्डका संचालक समिति सदस्य भागिरथ तिमिल्सिना लगायतले कार्यक्रमको उद्देश्य र औचित्यका बारेमा जानकारी गराउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ पुस २०७६, १४ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देवघाटस्थित गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण
सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन
विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन
दलीय विद्यार्थी संगठन हटाउने सरकारको घोषणा, स्नातकसम्म अध्ययन गर्न नागरिकता नचाहिने
कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गर्ने सरकारको घोषणा
ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा