सुनको मूल्य सबैभन्दा उच्च

सफल खबर संवाददाता

शुक्रबार, १८ पुस २०७६, १३ : ३२
सुनको मूल्य सबैभन्दा उच्च

काठमाडौं । आज शुक्रबार सुनको मूल्य तोलाको ७४ हजार ५ सय पुगेको छ । यो अहिले सम्मकै उच्च हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ एक हजार रुपैयाँ बढेको हो । 
बुधबार तोलामा ७३ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो । 

चाँदीको भाउ भने आज पनि घटबढ भएको छैन । चाँदी आज पनि तोलाको ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिक्रिया दिनुहोस