नुवाकोट । जिल्लाको ककनी गाउँपालिका–४ रानीपौवाको नाकेढुङ्गामा बालुवा बोकेको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पासाङल्हामु सडकको ३५ किलो भन्ने स्थानबाट बालुवा बोकेर काठमाडौँतर्फ जाँदै गरेको बा२क ३७११ नंको टिपर बिहीबार राति ९ बजेतिर दुर्घटना हुँदा टिपरका चालक बेलकोटगढी नपा–१३ बाराहीका २२ वर्षीय अजय लामाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । टिपर सडकदेखि ५०० मिटर तल पुगेको छ । (रासस)


प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १८ पुस २०७६, १३ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु