सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सफल खबर संवाददाता

बुधबार, १६ पुस २०७६, ११ : ५६
सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार पनि उही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ७३ हजार २०० मा कारोबार भएको छ । 

यस्तै चाँदी भने बुधबार तोलामा ८९० मा कारोबार भएको छ । मंगलबार चाँदी तोलामा ९०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस