आँखा शिविरमा दुर्गमका एक सय ४१ जनाले सेवा पाए

आइतबार, २८ माघ २०७४, ११ : ५७
आँखा शिविरमा दुर्गमका एक सय ४१ जनाले सेवा पाए

रामपुर, पाल्पा । जिल्लाकै विकट र दुर्गममा पर्ने निस्दी गाउँपालिका वडा नं १ सहलकोटमा सञ्चालन भएको एकदिने निःशुल्क आँखा शिविरबाट एक सय ४१ जनाले सेवा लिएका छन् ।

शनिबार सम्पन्न शिविरमा आँखा परीक्षण गराएका एक सय ४१ मध्ये १४ जनामा मोतियाविन्दुका बिरामी फेला परेको कालीगण्डकी आँखा उपचार केन्द्रका प्राबिधिक सुन्दर रानाले बताउनुभयो । शिविरका अवसरमा आँखाका बिरामीलाई निःशुल्क औषधि तथा चस्मा वितरण गरिएको छ ।

जनविकास परिचालन केन्द्र नेपालको आयोजना, रामपुर बचत तथा ऋण सहकारी संस्थाको सहयोग र कालीगण्डकी आँखा उपचार केन्द्रको प्राबिधिक सहयोगमा शिविर चलेको हो । गाउँमै आँखा जाँच गर्ने सेवासुविधा तथा औषधि उपचार पाएपछि यहाँका स्थानीयवासी खुशी भएको स्थानीयवासी प्रेम बाकाबलले बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस