चितवन । चितवनको भरतपुरमा काटेर फालिएको मानव हात फेला परेको छ । चौविसकोठी नजिकै काटेर फालिएको हात फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
एउटा हात झाडीमा सडेगलेको अवस्थामा आज दिउँसो फेला परेको प्रहरी नायव उपरिक्षक एक नारायण कोइरालाले बताए । उक्त हात परिक्षणका लागी भरतपुर अस्पताल पठाईएको कोइरालाले बताए ।
हात कस्को, कस्ले त्यहाँ फालेको भन्ने बारे थप अनुसन्धान भईरहेको जनाईएको छ ।
पुष्पाञ्जली हस्पिटल नजिकैको खाली जग्गामा फालिएको उक्त हात बालकले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ पुस २०७६, १६ : ४५
लेखकबाट थप