काठमाडौँ। सुन्दा सामान्य जस्तै लाग्ने भए पनि भान्छाको सुरक्षामा ध्यान नदिँदा गम्भीर र जीवनभर पछुताउनुपर्ने घटना हुने गरेका छन् । विद्युत् सर्ट तथा ग्यास लिकेज भएर आगलागी हुँदा सम्पत्ति तथा मानवीय क्षति हुने गरेका छन् । सानो सुरक्षाको कुरा थाहा नहुँदा यस्ता घटना भएको पाइएको छ ।
धर्मपथस्थित जुद्ध वारुणयन्त्रका इन्चार्ज लीलाराज गाच्छाले भान्छामा हुने सानो घटनाका कारण नै ठूलो हुने बताए। ग्यास लिकेज तथा बिजुली सर्ट भएर नै बढी आगो लाग्ने गर्छ । सानो हुँदा नै सामान्य सुरक्षा अपनाउन सकेको खण्डमा धेरै धनजनको क्षतिबाट रोकथाम हुन्छ । गाच्छा भन्छन्, “आगोका स्रोतहरू कहाँ छन्, त्यो पत्ता लगाउनुपर्छ । भान्छा भन्नेबित्तिकै आगोसँग सम्बन्ध हुन्छ ।
विद्युतीय वा ग्यास उपयोगी वस्तु हुन्, जसको माध्यमबाट नै सम्पूर्ण खाना पाक्ने हो ।” गाच्छाले भने, “ग्यास वा विद्युतीय साधन प्रयोग गर्न जान्यौँ भने धेरै सुविधा दिन्छ तर प्रयोग गर्न जानेनौँ भने त्यसले क्षति निम्त्याउँछ । आगो लागिहाल्यो भने पानीले निभाउने भन्ने हाम्रो धारणा छ, विद्युतीय सामान जस्तै राइसकुकर, इन्डक्सनजस्ता सामानमा सर्ट भएको खण्डमा पानी प्रयोग ग¥यो भने झन् ठूलो क्षति हुन्छ ।”
यस्तो अवस्थामा कहाँबाट सर्ट भएको हो, त्यो जान्नुपर्छ र विद्युत्को मुख्य स्विच बन्द गर्न र ग्यास लिकेज हुँदा पनि पानी प्रयोग नगर्न उनको सुझाव छ । ग्यासबाट हुने आगलागीमा पानीले निभ्दैन, यस्तो अवस्थामा ‘फायर ब्लाङकेटिङ’ प्रयोग गर्नुपर्छ । भान्छामा खाना पकाउन जाँदा सकेसम्म आगोले तुरुन्तै टिप्ने लुगा प्रयोग गर्नुहुँदैन ।
ग्यास लिकेज भएको हो भने सामान्य तन्नाको माध्यमबाट निभाउन सकिन्छ । लिकेज भएको सिलिन्डर कहिले पनि पड्किँदैन, त्यसैले त्यसलाई प्लास्टिकको बाल्टिनले छोप्नुपर्छ, जसले गर्दा अरू ठाउँमा आगोले टिप्न सक्दैन । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १४ पुस २०७६, ०६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि