अन्त्यमा देउवाको यस्तो पनि छ दाउ

पत्रपत्रिकाबाट

आइतबार, २८ माघ २०७४, ०९ : ५५
अन्त्यमा देउवाको यस्तो पनि छ दाउ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारबाट बाहिरिनुअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख नियुक्ति गर्ने गृहकार्यमा जुटेका छन् ।

आयोगका प्रमुख आयुक्त दीप बस्न्यात माघ २९ गते सोमबार उमेरहदका कारण अवकाश पाउँदै छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

समाचारमा लेखिएको छ, प्रधानमन्त्री देउवा आफू निकट व्यक्तिलाई अख्तियार प्रमुख बनाउने खेलमा लागेको कांग्रेसकै एक नेताले बताए ।

अख्तियारको प्रमुख आयुक्त नियुक्त गर्दा संसदीय समितिमा सुनुवाइ गर्नुपर्ने संवैधानिक प्रावधान छ । तर, हाल संसद नै नरहेको अवस्थामा प्रधानमन्त्री देउवा प्रमुख आयुक्त नियुक्त गर्न लागेका छन् ।

आयोगको प्रमुख आयुक्त बन्नका लागि आयोगकै आयुक्त नवीनकुमार घिमिरे पनि दौडधुपमा लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस