वैद्य समूहका नेता सीपी गजुरेल पक्राउ

सफल खबर संवाददाता

आइतबार, १३ पुस २०७६, १४ : ५५
वैद्य समूहका नेता सीपी गजुरेल पक्राउ

काठमाडौँ । मोह वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पक्राउ परेका छन् । 
भारतबाट भएको सीमा अतिक्रमणको विरोधमा राजधानीको माइतीघरमा गरिएको प्रदर्शनका क्रममा उनलाई पक्राउ गरिएको छ । 

महानगरीय प्रहरी वृत्त सिंहदरबारका डीएसपी कौशल कुमार बूढाथोकीले गजुरेललाई नियन्त्रणमा लिइएको बताए । माइतीघरतर्फबाट जुलुस संसद भवन नयाँ बानेश्वरतर्फ जबरजस्ती अघि बढेपछि प्रहरीले धरपकट गरेको बताइएको छ।  सो क्रममा वैद्य माओवादीका अरु केही कार्यकर्ता पनि पक्राउ परेका छन् । 

गजुरेल वैद्य माओवादीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस