काठमाडौं । आजको कान्तिपुर दैनिकमा रोजगारीका लागि दक्षिण कोरिया सोचेजस्तो सजिलो नरहेको भन्दै समाचार छापिएको छ । कोरिया आकर्षक मानिन्छ तर यहाँ कामदारका दुःख अनेक छन् ।
दैनिक कार्यअवधि १२ घण्टाभन्दा बढी नै छ । भाषा समस्या उस्तै छ ।
सन् २००७ मा सुरु भएको इपीएस खुलेसँगै कोरिया आएर काम गर्ने नेपालीको संख्या बढेको छ । यसअघिमा ६२ हजार २ सय २७ जना नेपाली कोरिया आएका छन् ।
संख्या बढेसँगै विभिन्न कारणले ज्यान गुमाउने नेपालीको संख्या पनि बढेको छ । दूतावासका अनुसार अहिलेसम्म १८१ जनाले ज्यान गुमाएका छन् । जसमा आत्महत्या गर्ने ४८ र दुर्घटनामा ज्यान गुमाउने ४७ जना रहेका छन् । यस्तै भिन्न रोग र सुतेकै अवस्थामा ज्यान गुमाउने ८४ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १२ पुस २०७६, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भक्तपुरमा एउटै डोरीमा झुन्डिएर दिदीबहिनीले गरे आत्महत्या
सशस्त्रका जवानद्वारा हिरासतभित्रै आत्महत्या
लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै युवतीद्वारा आत्महत्याको प्रयास