काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुखविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार कार्यालय प्रमुख आनन्दकेशरी पोखरेलले सवारी चालक अनुमतिपत्रको परीक्षामा अनुत्र्तीण भएका ७१ जनालाई उत्र्तीण भएको भनी प्रमाणपत्र दिएको अभियोगमा मुद्दा दायर गरिएको हो । आयोगले पोखरेलका अतिरिक्त रुपन्देहीका प्रहरी निरीक्षक रवीन्द्र श्रेष्ठको समेत मिलेमतो भएको पाइएकाले कैद तथा जरिवानाको माग गरी मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पामा नक्कली बिल भरपाई पेश गरी सरकारी रकम लिई भ्रष्टाचार गरेको अभियोगमा हात्तीपाइले कार्यक्रममा सञ्चालक सिनियर अहेव मीनबहादुर विष्टविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । विष्टले सवारी भाडाबापत रु दुई लाख ३४ हजार बराबरको रकम हिनामिना गरेको पाइएको आयोगले जनाएको छ । यातायात व्यवस्था कार्यालय सेती अञ्चल कार्यालय धनगढीमा कार्यरत टाइपिष्ट नायब सुब्बा लक्ष्मीदेवी शाहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा आजै विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
त्यस्तै काठ फर्निचरको कारोवारमा सहजीकरण गरिदिने भन्दै रु आठ हजार घुस लिएको अभियोगमा इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङमा कार्यरत प्रहरी हवल्दार राजु श्रेष्ठलाई आज झापाको दमक नगरपालिका–४ ताराबारीबाट पक्राउ गरिएको छ । आयोगका अनुसार आरोपी श्रेष्ठको अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ११ पुस २०७६, १९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन
यातायात व्यवस्था कार्यालयका कर्मचारी कमल गौतमविरुद्ध अकुत सम्पत्तिको मुद्दा
मालपोत कार्यालयका दुई खरिदारसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आयोगसमक्ष सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेस