चरीकोट । दोलखाको शैलुङ गाउँपालिका वडा नं ३ लाम्चेआहालमा जीवन श्रेष्ठले सञ्चालन गरेको फर्निचर उद्योगमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।
गए राति भएको आगलागीमा उद्योगमा रहेको ठूलो चिरान उपकरण, जेनेरेटर, ८०० क्युफिट सल्ला तथा उत्तिसको तयारी गोलिया काठ र अन्य विद्युतीय सामान जलेर नष्ट भएको प्रहरी निरीक्षक सुञ्जीत तामाङले जानकारी दिनुभयो ।
प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो निभाइएको थियो । राति उद्योगमा विद्युत् प्रवाह भई आगलागी भएको हुन सक्ने बताइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ११ पुस २०७६, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि