जाकार्ता । इन्डोनेसियाको दक्षिण भागमा पर्ने सुमात्रा प्रान्तमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या २८ पुगेको छ ।
दुर्घटना भएर यात्रुवाहक बस नदीमा खसेको र नदीमा बेपत्ता भएका मध्ये १३ जना अझै नभेटिएको अधिकारीले जनाएका छन् ।
बेपत्ता भएकाको खोजी भइरहेको र भेटिने सम्भावना न्युन रहेको खोजी तथा उद्धारमा सङ्लग्न एक प्रहरीको भनाइ छ ।
घटनामा परी घाइते भएका मध्ये अरु १३ जनाको बसेमाह अस्पतालमा उपचार भइरहेको जनाइएको छ । उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको मृतकको सङ्ख्या बढ्न सक्ने पनि चिकित्सकले जनाएका छन् ।
दुर्घटनामा परेको बसमा १५० मिटर तल खसेको थियो । दुर्घटना भएका बेला बसमा ५४ यात्रु रहेका थिए । दुर्घटना भएको ठाउँ देशको दुर्गम क्षेत्र मानिन्छ । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०९ पुस २०७६, १८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजस्थानमा सडक दुर्घटना, १५ जनाको मृत्यु
गौरबाट काठमाडौँतर्फ गइरहेको बस चितवनको टिकौलीमा दुर्घटना, ३३ जना घाइते
रोल्पामा जिप दुर्घटना, चालकको मृत्यु, तीन जना घाइते
कपिलवस्तुमा बस दुर्घटना, एकजनाको मृत्यु, पाँच घाइते
बैतडीमा जीप दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते
सोलुखुम्बुको लोबुचेमा हेलिकोप्टर दुर्घटना