जाकार्ता । इन्डोनेसियाको दक्षिण भागमा पर्ने सुमात्रा प्रान्तमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या २८ पुगेको छ ।
दुर्घटना भएर यात्रुवाहक बस नदीमा खसेको र नदीमा बेपत्ता भएका मध्ये १३ जना अझै नभेटिएको अधिकारीले जनाएका छन् ।
बेपत्ता भएकाको खोजी भइरहेको र भेटिने सम्भावना न्युन रहेको खोजी तथा उद्धारमा सङ्लग्न एक प्रहरीको भनाइ छ ।
घटनामा परी घाइते भएका मध्ये अरु १३ जनाको बसेमाह अस्पतालमा उपचार भइरहेको जनाइएको छ । उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको मृतकको सङ्ख्या बढ्न सक्ने पनि चिकित्सकले जनाएका छन् ।
दुर्घटनामा परेको बसमा १५० मिटर तल खसेको थियो । दुर्घटना भएका बेला बसमा ५४ यात्रु रहेका थिए । दुर्घटना भएको ठाउँ देशको दुर्गम क्षेत्र मानिन्छ । (रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०९ पुस २०७६, १८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते