कांग्रेसको आधार ईलाकामा प्रचण्ड पुगेपछि ,जे देखियो (फोटो फिचर)

विहीबार, ३० कार्तिक २०७४, २२ : १४
कांग्रेसको आधार ईलाकामा प्रचण्ड पुगेपछि ,जे देखियो (फोटो फिचर)

भरतपुर / पुर्वप्रधानमन्त्री एवं चितवन क्षेत्र नं. ३ का प्रतिनिधीसभाका उम्मेदवार पुप्पकमल दाहाल प्रचण्ड चुनावी सभालाई सम्बोधन गर्न शुक्रबार आफ्नै क्षेत्र आई पुग्नु भएको छ । बर्षौ देखि कांग्रेसको गढ क्षेत्र मानिदै आएको भए पनि चुनावी सभालाई सम्बोधन गर्न पुगेका प्रचण्डलाई भव्य स्वागत गरिएको छ । भरतपुर वडा नं. ६ को संयुक्त बामगठबन्धनको सम्पर्क कार्यलयको उद्घाटन गर्न त्यहा पुगेका उनलाई बाजा गाजा सहित स्वागत गरिएको थियो ।

गितानगर चोकमा भएको कार्यक्रममा उल्लेख्य संख्यामा सर्वसधारणहरुको उपस्थिती रहेको देख्न सकिन्थियो । सम्बोधनका क्रममा प्रचण्डले गितानगर क्षेत्र तथा वडा नं. ६ को विकासको योजनाहरु उद्घोष गरेका थिए । चितवनसगं आफ्नो कुनै पनि सम्बन्ध नभई भावानात्मक सम्बन्ध रहेको स्पष्ट पारे । उनले आफ्नो भए जति सबै सम्पत्ती ,नाता गोता ,साथी भाई ईष्टमित्र चितवनमै रहेको बताउदै उनले यहाबाट उम्मेदवार बन्नु कुनै नौलो कुरा नभएको बताए ।

उनले भने म जहा जम्मिए ,हुर्किए ,पढे लेखे त्यो ठाउ मेरा लागि पराई ठाउ हुन सक्दैन् । म अहिले चितवनको विकास गरि समृद्ध चितवन निमार्ण गर्न आएको उल्लेख गरे । चितवनले लगाएको गुन तिर्न आफु लामो समय पछि चितवन आउन पाएको गर्वको महशुस भएको बताए ।


प्रतिक्रिया दिनुहोस