नारायणीमा क्रुज सिपको परीक्षण (भिडियोसहित)

उर्गेन तामाङ

सोमबार, ०७ पुस २०७६, १६ : ०३
नारायणीमा क्रुज सिपको परीक्षण (भिडियोसहित)

चितवन । भरतपुर महानगरपालिका वडा नः १६ काभ्रेघाटमा बनिरहेको नेपालकै पहिलो क्रुज सिपको नारायणी नदिमा परिक्षण गरीएको छ । आइतवार दिउँसो क्रुज सिपको नारायणी नदिमा सफल परिक्षण गरीएको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालीले जनाएको छ । 

प्रालिका प्रवन्ध निर्देशक रामचन्द्र कंडेलले नेपालको इतिहासमा पहिलो पटक नदिमा क्रुजसिप सफल परिक्षण गरीएको बताए । उनका अनुसार काभ्रेघाट पोर्टबाट करिव १ किलोमिटर दुरीमा परिक्षण गरीएको थियो । भ्रमणवर्ष २०२० लक्षीत गरी सञ्चालनमा ल्याईने क्रुजसिपले आन्तरीक तथा बाह्य पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेका छन ।

नर्वेजीयन प्रविधिको प्रयोग गरेर भारत केरलाका प्राविधिकहरुले क्रुजसिप निर्माण गरिरहेका छन । क्रुजसिपको निर्माणकार्य भने सम्पन्न भईसकेको छैन । प्रवन्ध निर्देशक कंडेलले भने ‘निर्माण सम्पन्न गर्नेवित्तिकै सञ्चालन गरीहाल्ने भन्ने हुँदैन, निर्माणका काम पनि भईरहेको छ । निरन्तर परिक्षण पनि गरीरहनुपर्छ, फिनिसिङको काम सकिएपछि नियमित सञ्चालनमा ल्याउने छौँ ।’

पर्यटन प्रवद्र्धनका लागि निर्माण गरीएको क्रुजसिप अंग्रेजी नयाँ वर्षबाट सञ्चालनमा ल्याउने तयारी रहेको छ । कंडेलका अनुसार क्रुज सिपको प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबाट संयुक्त उद्घाटन गरिने छ । 

यसअघि दशैबाटनै सञ्चालनमा ल्याउने भनिए पनि विभिन्न प्राविधिक कारण समय र लागत बढेको कंडेलले बताए । १ सय फिट लम्बाइ र २५ फिट चौडाइको क्रुजसिपमा २ सय जनाले आरामदायी यात्रा गर्न पाउनेछन । पहिलेको डिजाइन भन्दा केहि युनिटहरु थप गरीएकाले लागत बढेर १५ करोड पुग्ने उनको भनाई छ । क्रुजसिपमा डवल इन्जीन रहने भएकाले सञ्चालनका क्रममा सम्स्या नआउने उनले बताए । 

क्रुजसिप हाल निर्माण भईरहेको काभ्रेघाटबाट, देवघाट, गोलाघाटसम्म ३ सिप्mटमा सञ्चालन हुने प्रालीले जनाएको छ । ज्ञानेश्वर सामुदायिक बनको डेढ विघा जग्गा २० वर्षका लागि भाडामा लिएर प्रालीले गत वर्षको चैत्रबाट निर्माणकार्य सुरु गरेको थियो । 

 

प्रतिक्रिया दिनुहोस