काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डस्थित नारायणी नदीको पुलमा आज राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
नारायणगढ–बुटवल सडक आयोजनाले चितवन र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जोड्ने नारायणी पुलको गैँडाकोटतर्फको सडकमा कालोपत्र गर्नुपर्ने भएकाले रातिको समयमा यातायात बन्द गरेको हो । हिजो राति पनि पुलमा सवारी सञ्चालनमा रोक लगाइएको थियो ।
राति ११ बजेदेखि बिहान ४ बजेसम्म पुलमा सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ । आयोजना कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न वा तोकिएको स्थानमा सवारी रोकेर पालो पर्खन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ मंसिर २०८२, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणीको बाढीले सुस्तामा आठ घर विस्थापित, ८० जोखिममा
नारायणीको पुलबाट २ जनाले हाम फाले, दुवै बेपत्ता
नारायणी नदीमा फाल हानेका युवक वेपत्ता
भेरी र नारायणीमा बेपत्ता भएका दुई जनाको खोजी गर्न सशस्त्रको गोताखोर परिचालन