गीतकार शुक गुरुङको निधन

सफल खबर संवाददाता

आइतबार, ०६ पुस २०७६, १८ : ३६
गीतकार शुक गुरुङको निधन

काठमाडौं । लामो समयदेखि मृगौलाको रोगबाट पीडित रहेका गीतकार शुक गुरुङको निधन भएको छ । 

गुरुङको निधनप्रति गायक अमृत गुरुङले श्रद्धाञ्जली व्यक्ति गर्दै ट्विट गरेका छन् । 

‘गत अगस्त २६, मा संगीतकार शुक गुरुंगसँग भएको भेट नै हामीबीचको अन्तिम भेट लेखिएको रहेछ । शुकजीले नेपथ्यको प्रारम्भकालमा ‘छेक्यो छेक्यो’ गीत दिएर हामीलाई ठूलो गुण लगाएका थिए । उनको मृत्युको खबरले म दुखी छु । उनको आत्माको चीर शान्तीको कामना गर्दछु,’ अमृतले लेखेका छन् ।

हार्दिक श्रद्धान्जली - शुक गुरुंग

गत अगस्त २६, मा संगीतकार शुक गुरुंगसँग भएको भेट नै हामीबीचको अन्तिम भेट लेखिएको रहेछ।शुकजीले नेपथ्यको प्रारम्भकालमा ‘छेक्यो छेक्यो’ गीत दिएर हामीलाई ठुलो गुण लगाएका थिए। उनको मृत्युको खबरले म दुखी छु। उनको आत्माको चीर शान्तीको कामना गर्दछु  pic.twitter.com/C2h92Ffm2r — Amrit Gurung (@amritnepathya) December 22, 2019