बुधबारदेखि सुनको मूल्य स्थिर

सफल खबर संवाददाता

आइतबार, ०६ पुस २०७६, १३ : ३२
बुधबारदेखि सुनको मूल्य स्थिर

काठमाडौं । गत बुधबारदेखि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार पाँचौ दिनदेखि बजारमा छापावाल सुन प्रतितोला ७१ हजार ६ सय र तेजावी सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै गत मंगलबारदेखि स्थिर मूल्य ८५० रुपैयाँमा कारोबार भएको चाँदी भने आज प्रतितोला पाँच रुपैयाँ वृद्धि भएर तोलाको ८५५ रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस