उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिने

सफल खबर संवाददाता

आइतबार, ०६ पुस २०७६, ०८ : ००
उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिने

काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयनको विषयमा नेकपाभित्र अझै सहमति जुट्न सकेको छैन । तर, सभामुख निर्वाचनभन्दा अघि नै उपसभामुख डा। शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने भएकी छन् ।

‘पार्टीको निर्देशनअनुसार सभामुख निर्वाचनको लागि सहज हुनेगरी राजीनामा दिने तयारी गरेकी छु,’ उपसभामुख तुम्बाहाङ्फेले भनिन्, ‘मैले राजीनामा दिने ठूलो विषय हैन । यो

पहिला पार्टीले सभामुखमा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय लिनु आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस