प्रदेश सांसदलाई किस्तामा घडेरी

पत्रपत्रिकाबाट

शनिबार, २७ माघ २०७४, ०८ : २७
प्रदेश सांसदलाई किस्तामा घडेरी

हेटौंडा । हेटौंडामा ३ नम्बर प्रदेशका सांसदहरुले पाउने सुविधा थपिँदै गएको खबर आजको नेपाल समाचारपत्रमा छ । सांसदका लागि हेटौंडा उपमहानगरपालिकाको नेतृत्वमा धेरै सुविधा थपिने भएको छ ।

प्रदेशसभा बैठकका लागि हेटौंडा आएका सांसदहरुले होटल तथा लजमा ४० प्रतिशत छुट पाइरहेका छन् ।

प्रदेश सांसदलाई बस्न भाडाको घर खोज्नुपर्ने गरी काम थालिएको छ । यहाँका सरकारी घरमा सांसदहरुलाई राख्ने गरी तयारी भएको छ ।

समाचारमा लेखिएको छ, साथै, सहुलियतमा घडेरी उपलब्ध गराउने निर्णय शुक्रबार भएको छ ।

सांसदहरुलाई उपमहानगर क्षेत्रमा घर बनाउन घडेरी दिने भएको हो । हेटौंडा नगर विकासको स्वामित्वमा रहेको जग्गालाई प्रदेश सांसदलाई घडेरीका रुपमा दिने सर्वदलीय निर्णय गरिएको हो ।

घडेरी किनेबापतको रकम प्रदेश सांसदहरुले पाँच बर्षसम्ममा भुक्तानी गरे हुनेछ । किस्ताबन्दीमा मासिक पैसा दिने गरी पदावधिभर घडेरीको रकम भुक्तान गरे हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस