आर्यघाटमा पनि यसरी हुन्छ कमिसनको चलखेल

पत्रपत्रिकाबाट

शनिबार, २७ माघ २०७४, ०७ : ५६
आर्यघाटमा पनि यसरी हुन्छ कमिसनको चलखेल

काठमाडौं । पशुपति आर्यघाटमा दाहसंस्कार गर्दा चाहिने सामाग्री पशुपति क्षेत्र विकास कोषले तोकेको पसलमा किन्नुपर्ने बाध्यता छ । दाहसंस्कार गर्दा बाँस, फूलमाला, दाउरा, कात्रो, पीताम्बरलगायत सामाग्री चाहिन्छ ।

समाचारमा लेखिएको छ, कोषका कर्मचारीले यी सामाग्री बेच्ने पसलबाट कमिसन लिने गरेको स्रोतको दाबी छ । शोकमा परेका आफन्तलाई कोषका कर्मचारीले दाहसंस्कार सामाग्री फलानो पसलबाट किन्नुस् भन्दै तोकिदिने गरेका छन् । आजको नागरिक दैनिकमा यो खबर छ ।

शोकमा परेका बेला कसैले केही नबोल्ने हुँदा त्यसको फाइदा लिन कर्मचारीको मिलेमतोमा यसो गरिएको हो । पसल तोकिदिएबापत कोषका कर्मचारीले बिक्री भएको सामानको मूल्यअनुसार कमिसन लिने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस