पूर्वप्रधानमन्त्रीसहित १०० जना बढी मुछिएको बालुवाटार प्रकरणमा मुद्दा चलाउने तयारी

पत्रपत्रिकाबाट

शनिबार, ०५ पुस २०७६, ०८ : २१
पूर्वप्रधानमन्त्रीसहित १०० जना बढी मुछिएको बालुवाटार प्रकरणमा मुद्दा चलाउने तयारी

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको झन्डै एक सय १४ रोपनी जग्गामा भएको अनियमितता प्रकरणमाथिको छानबिन अन्तिम चरणमा पुगेको छ । जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीसहित सयभन्दा बढी मुछिएका छन् ।

‘अनुसन्धान अन्तिम चरणमा पुगेको छ । केही दिनमै परिणाम आउला,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक अधिकारीले भने, ‘प्रक्रिया पूरा हुन बाँकी रहेको र अनुसन्धान गोप्य हुने भएकाले सबै तथ्य अहिल्यै भन्न मिलेन ।’

अनुसन्धान सकिएकाले छिट्टै मुद्दा लैजाने तयारीमा आयोग छ । अख्तियारका साक्षी र कतिपय आरोपित व्यक्तिको कागजमा सनाखत गर्न बाँकी रहेका कारण निर्णय परिपक्व नभएको स्रोतले बतायो । यो प्रकरणमा अख्तियारले ६ महिना लगाएर अनुसन्धान गरेको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस