इलाम । इलामको माङसेबुङमा एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–४ सिमलटारस्थित सिमलटार सामुदायिक स्वास्थ्य इकाइले एकैपटक चारवटा खोप लगाइदिएपछि डेढ महिनाकी बुनु देवानको मृत्यु भएको हो ।
उनलाई एकैपटक बीसीजी, एफआईटीभी, डीपीटी र पीभीसी खोप लगाइएको थियो । खोपका कारण स्वास्थ्यस्थिति नाजुक बन्दै गएपछि उनलाई विराटनगरस्थित न्युरो अस्पताल भर्ना गरिएको थियो । न्युरोमा सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिएको थियो ।
शिशुलाई गत २२ मंसिरमा जन्मनासाथ दिनुपर्ने बीसीजीसहित ६ साताभित्र लगाइसक्नुपर्ने एफआईटीभी, डीपीटी र पीभीसी एकैपटक दिइएको थियो । बीसीजी लगाउन ढिला भएको भन्दै एकैपटक चारवटै खोप लगाइएको थियो ।
आर्थिक अवस्था कमजोर भएका कारण सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गर्न नसक्ने भन्दै परिवारले शिशुलाई घर फर्काएपछि उनको मृत्यु भएको जनाइएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०५ पुस २०७६, ०७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर दुईजनाको मृत्यु
चितवनमा गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
सिराहामा आफ्नै भाइको खुकुरी प्रहारबाट दाइको मृत्यु
चितवनमा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु
भ्यानको ठक्करबाट महिलाको मृत्यु