मुख्यमन्त्री रहँदै शेरधन राईले विवाह गर्ने, उनको प्रेमिका को हुन?

पत्रपत्रिकाबाट

शनिबार, २७ माघ २०७४, ०७ : ४८
मुख्यमन्त्री रहँदै शेरधन राईले विवाह गर्ने, उनको प्रेमिका को हुन?

प्रदेश १ को मुख्यमन्त्री बन्न पूर्वमन्त्री शेरधन राईलाई बाटो खुलेको छ । १ नम्बर प्रदेशको एमाले संसदीय दलको नेतामा सचिव भीम आचार्यलाई २ मतले पछि पार्दै राई संसदीय दलको नेतामा निर्वाचित भएका हुन् ।

एमाले संसदीय दलका नेता राई ४७ वर्ष पुगेका छन् । हालसम्म अविवाहित राईले प्रदेश १ को मुख्यमन्त्री बनेपछि विवाह गर्ने बताएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

संसदीय दलको नेतामा निर्वाचित भएपछि शुक्रबार राईलाई ‘अब मुख्यमन्त्री बन्ने पक्का भयो, बिहे कहिले गर्नुहुन्छ’ भन्ने प्रश्नमा उनले भने, ‘मेरो जीवनको एउटा पाटो अझै अधुरै छ, यसैले म यही कार्यकालभित्र अवश्य विवाह गर्छु ।’ तर, उनले आफ्नो प्रेमिका भए नभएबारे केही खुलाएनन् ।

 

प्रतिक्रिया दिनुहोस