विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

विहीबार, ०३ पुस २०७६, १९ : २८
विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

चितवन । लायन्स क्लब अफ वीरेन्द्रनगरले राप्ती नगरपालिका वडा नं ८ मा रहेको ब्रम्हनगर माविका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । माविमा अध्यनरत गरिबी तथा विपन्न परिवारका दुई दर्जन भन्दा बढी विधार्थीहरुलाई एक कार्यक्रम गरी न्यानो स्वीटर वितरण गरेको हो । 

क्लबका प्रथम उपाध्यक्ष डिल्लीराम अधिकारीलगायत पदाधिकारी तथा शिक्षकहरुको उपस्थिितमा स्विटर वितरण गरिएको थियो । कार्यक्रममा बिधालय ब्यबस्थापन समितिकी अध्यक्ष माया सापकोटाले यो चिसो मौसममा न्यानो कपडा वितरण गरेर पुन्य काम गरेको भन्दै धन्यवाद दिएकी थिइन ।  

कार्यक्रममा बिधालयका प्रधानाध्यापक विष्णु हरि कंडेल, सहायक प्र.अ. लेखनाथ सापकोटा, लायन आइति देवी स्याङ्तान दरै, कृष्ण गौतम, गोकर्ण राज पाण्डे, राजेश तामाङ लगाएत बिधालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।  न्यानो कार्यक्रमलाई निरन्तरता दिदै जाँने क्लबका सचिव लायन सुन्दर मैनालीले बताए । 
 

प्रतिक्रिया दिनुहोस