नेकपा चितवनले तोक्यो, ६ वटै स्थानिय तहमा ईन्चार्ज र अध्यक्ष, ५२ सदस्यीय सचिवालय

सफल खबर संवाददाता

विहीबार, ०३ पुस २०७६, १० : ३६
नेकपा चितवनले तोक्यो, ६ वटै स्थानिय तहमा ईन्चार्ज र अध्यक्ष, ५२  सदस्यीय सचिवालय

चितवन ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले ६ वटै स्थानीय तहमा निर्वाचन क्षेत्र, सचिवालय, कार्यालय, प्रदेश सभा निर्वाचन क्षेत्रलगायतमा जिम्मेवारी तथा कार्यविभाजन तोकेको छ । जिल्ला पार्टी कार्यालय चितवनमा दुई दिनसम्म बसेको बैठकपछि सबैको जिम्मेवारी तोकेको हो । तीन वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्र्तगत निर्वाचन क्षेत्र नं. १ को अध्यक्षमा घनश्याम कडेल, क्षेत्र नं. २ मा नारायणप्रसाद अधिकारी र क्षेत्र नं. ३ मा अञ्जान तिमल्सिनालाई चयन गरेको छ ।

यसअघि नै चयन गरिएको भरतपुर महानगरपालिकाको इन्चार्जमा रेनु दाहाल र अध्यक्षमा रामप्रसाद न्यौपानेलाई जिम्मेवारी दिएको छ । बैठकले ६ वटै स्थानीय तहको पार्टीको इन्चार्ज र अध्यक्ष पनि चयन गरेको छ । जस अन्तर्गत राप्ती नगरपालिकाको इन्चार्जमा मानबहादुर स्याङबो, अध्यक्षमा इमानसिंह लामा, खैरहनी नगरपालिका इन्चार्जमा हिराबहादुर गुरुङ, अध्यक्षमा लक्ष्मी ढकाल, रत्ननगर नगरपालिकाको इन्चार्जमा राजु अम्गाई, अध्यक्षमा केपी लामिछाने, कालिका नगरपालिकाको इन्चार्जमा जयचन्द्र चौधरी, अध्यक्षमा सविता लामा, माडी नगरपालिकाको इन्चार्जमा प्रेम तिमल्सिना, अध्यक्षमा प्रभु महतो, इच्छाकामना गाँउपालिका इन्चार्जमा प्रताप गुरुङ, अध्यक्षमा दानबहादुर गूरुङलाई चयन गरिएको छ ।  

बैठकले कार्यालय सदस्य र सचिवालय संख्या पनि टुंगो लगाएको छ । कार्यालयमा सात सदस्य तोकिएको छ । जसमा पूर्व माओवादीबाट तीन जना र पूर्व एमालेबाट ४ जना रहेका छन् । माओवादीबाट यमबहादुर परियार, अञ्जान तिमल्सिना र रामचन्द्र अधिकारी रहेका छन् । भने एमालेबाट कृष्णभक्त पोखरेल, तेजेन्द्रबहादुर खड्का, पार्वती रावल र कृष्णराज न्यौपाने ‘लब्ली’ रहेका छन् । ५२ जना सचिवालय सदस्य बनाइएको छ ।  सचिवालय सदस्यको सख्यामा पुर्व एमालेबाट २७ र पूर्व माओवादीबाट २५ जना रहेका छन् ।  

मंगलबार र बुधबार गरि दुई दिन सम्म भएको पार्टी बैठकले जिम्मेवारी बाँडफाँट गरेको हो । बैठकले तोकेको जिम्मेवारी औपचारिक रुपमा सार्वजनिक बिहीबार गर्ने तयारी गरेको छ । बैठकमा उपनिर्वाचनको परिणाम, पार्टीले खेल्नु पर्ने भूमिकाको विषयमा पनि छलफल भएको थियो । बैठकमा प्रदेश तहका नेताहरु, जिल्ला इन्चार्ज कृष्ण खनाल, जिल्ला अध्यक्ष यमबहादुर परियार, सचिव कृष्णभक्त पोखरेललगायतले पार्टीको रणनीतिक योजनाको विषयमा मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस