काठमाडौँ । अपराध नियन्त्रणका लागि सादा पोशाकमा खटिएका घुमुवा प्रहरीलाई अख्तियारको टोलीले रु १५ हजार घुससहित रङ्गेहात पक्राउ गरेको छ । पक्राउपर्नेमा जिल्ला बारा देवताल गाउँपालिका वडा नं १ बडकी फूलबरिया बस्ने प्रहरी जवान सरोज यादव रहेको अख्तियारका प्रहरी नायब उपरीक्षक केशव भट्टराईले जानकारी दिनुभयो ।
अवैधरुपमा रक्सी भट्टी सञ्चालन गर्ने वतावरण सहज गरिदिन कलैयास्थित रहेको सिद्धेश्वर विद्यालयबाट निज यादवलाई नगदसहित पक्राउ गरिएको थियो । यादव पर्सा जिल्लामा दरबन्दी भई बारामा विगत पाँच महिनादेखि काजमा बस्दै आएका थिए । भारतबाट अवैधरुपमा सामान नेपालसम्म ल्याउन यादवले व्यापारीसँग मोटो रकम लिने गरेको अख्तियारको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०२ पुस २०७६, १९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ
निकोलस भुसाल पक्राउ
२ सय १० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी, एक जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ
चोरीको मोटरसाइकल बेच्न खोज्ने दुई जना पक्राउ