राष्ट्रिय बिमा संस्थानमै बिमा गरौं : पसिनाको कमाईको सदुयोग गरी ढुक्क बनौं

सफल खबर संवाददाता

बुधबार, ०२ पुस २०७६, १८ : ५२
राष्ट्रिय बिमा संस्थानमै बिमा गरौं : पसिनाको कमाईको सदुयोग गरी ढुक्क बनौं

चितवन । राष्ट्रिय बिमा संस्थान अहिले आक्रामक रुपमा साखा बिस्तारका लागी क्रिृयासिल भएको छ । चितवनमा बिमा अभिकर्ता निर्माणका लागी अहिले धमाधम तालिमहरु सन्चालन गर्ने काममा बिमा संस्थान सक्रिय रहेको छ ।

संस्थानले चितवनमा शाखा बिस्तार गरे संगै अभिकर्ताहरु निर्माण गर्ने काममा तिब्र रुपमा आफुहरु सक्रिय भएको राष्ट्यि बिमा संस्थान चितवनका पुर्व कार्यालय प्रमुख तेज प्रसाद अर्यालले बताउनु भयो । सरकारी बिमा संस्थान भएकाले यसलाई सबैले मनपराएर बिमा गर्न आउनेहरुको संस्था समेत बढ्दो क्रममा रहेको उहाको भनाई छ ।

राष्ट्रिय बिमा संस्थान जति पुरानो छ त्यतिनै बढि लोकप्रिय र सबैका घरघरमा पुग्नका लागी आफुहरुले बिशेष अभियान केन्द्रत गरेको राष्ट्रिय बिमा संस्थान चितवनका कार्यालय प्रमुख उषा सापकोटाले बताउनु भयो । संस्थानले  १०० प्रतिषत भन्दा बढि साखा बिस्तार गरिरहेको र अहिले आफुहरु तिब्र रुपमा संस्थानको काम कारबार्हीलाई अगाढी बढाउने अभियानमा रहेको उहा बताउनु हुन्छ ।  

ब्यापार बिस्तारका लागी आफुहरुले अभिकर्ता उत्पादनका लागी तालिमहरु सन्चालन गर्ने गरेको र हरेक महिना एक पटक बिमा अभिकर्ता तालिम सन्चालन गर्ने तयारीमा आफुहरु रहेको चितवनका उहाले जानकारी दिनु भयो । 
हाल ३ जना एजेन्सि म्यानेजर चितवनमा रहेको र बिमा कम्पनिको मापदण्डकोे आधारमा आफुहरु अभिकर्ता बिकासमा लागेको उहाको भनाई छ । अहिले संस्थानको देशैभरी ६ हजार बिमा अभिकर्ताहरु रहेको बताउदै उहाले यस वर्ष १ हजार नया अभिकर्ता बनाउने अभियान थालेको उहा बताउनु हुन्छ । संस्थानले एउटा सफल कार्यकारी निर्देशक  कभि प्रसाद पाठक पाएको र उहाको ब्यापार बिस्तारका लागी बिशेष योजना पनि रहेकाले अव आफुहरु यो क्षेत्रमा निकै अगाढी बढ्ने उहाले जानकारी दिनु भयो ।

राष्ट्रिय बिमा संस्थान सरकारी भएकाले बिमा गर्दा राष्ट्यि बिमा संस्थानमै गर्न उहाले सबैलाई आग्रह गर्नु भयो । यस अघि सरकारी कर्मचारील मात्रै गर्ने गरेकोमा अव सबै नागरिकले यसमा बिमा गर्न पाउने भएकाले राष्ट्यि बिमा संस्थानका बिमा अभिकर्ताहरुलाई भेटि बिमा गरि लाभ लिन उहाकोे आग्रह छ ।

राष्ट्रिय बीमा संस्थान नेपालको सरकारी बीमा कम्पनी हो । यसमा बिमा  जो कोही पनि व्यक्तीले पनि गर्न सक्छन् । अझ वैदेशिक रोजगारमा जाने तयारीमा रहेकाहरुले  रोजगार म्यादी जीवन बीमा गरेर आफ्नो अनि परिवारको भविष्य सुरक्षित राख्न सक्ने छन् ।  

प्रतिक्रिया दिनुहोस