भोजपुर । साल्पासिलिछो गाउँपालिका–६ स्थित बलौटे भञ्ज्याङमा हिउँमा फसेका दुई जनालाई प्रहरीले उद्धार गरी आफन्तलाई आज बुझाएको छ ।
खोटाङको खोटेहाङ गाउँपालिका –२ वाप्लुखा घर भएका ४९ वर्षीय प्रेमकुमार राई र निजकी श्रीमती ५८ वर्षीया पदमश्वरी राईलाई साल्पापोखरी घुमेर फर्कने क्रममा गत मङ्सिर २७ गतेदेखि हिउँमा पसेको जानकारी पाएसंँगै प्रहरीले उनीहरुको उद्धार गरेको हो ।
हिमपातका कारण बीच बाटामा फसेको जानकारी पाउनासाथ प्रहरीचौकी दोभानेको प्रहरी टोलीले उनीहरुको उद्धार गरेको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०१ पुस २०७६, १८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुस्ताङमा आज पनि भारी हिमपात
गोरखामा हिमपात, मनास्लु भ्रमणमा गएका पर्यटक प्रभावित
हिमपातले न्यालु सडक बन्द
हुम्लाको उच्च भेगमा हिमपात, वर्षाले उडान अवरुद्ध
उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात
चैतमा भएको हिमपात र वर्षाले किसानलाई राहत