नवजागृति विद्यालयका ६५ जना छात्रछात्रालाई न्यानो कपडा

मंगलबार, ०१ पुस २०७६, १७ : ३२
नवजागृति विद्यालयका ६५ जना छात्रछात्रालाई न्यानो कपडा

चितवन । भरतपुर ११ मा रहेको नवजागृति आधारभूत विद्यालयका ६५ जना छात्रछात्रालाई न्यानो कपडा (ट्यांक सुट) वितरण गरिएको छ । 

सामाजिक संस्था स्वस्तिक नेपाल भरतपुर ११ ले टाटा गाडीहरुको आधिकारिक विक्रेता सफल मोटर्सको सहयोगमा न्यानो कपडा वितरण गरेको हो ।

विद्यालयका ३२ छात्रा र २८ छात्रलाई न्यानो कपडा वितरण गरिएको सफल मोटर्सका प्रबन्ध निर्देशक गोपाल भट्टराईले जानकारी दिनुभयो । उहाँले भरतपुर महानगरभित्रको निकै पछि परेको विद्यालयका निम्न आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको बताउनुभयो ।

स्वस्तिक नेपालका सदस्य अर्जुन अधिकारीले २०६३ सालमा स्थापना भएको यस संस्था सामाजिक उत्तरदायित्वअन्तर्गत मंगलबार न्यानो कपडा वितरण गरेको बताउनुभयो । 

वितरण कार्यक्रमको प्रमुख अतिथि स्वस्तिक नेपालका संस्थापक अध्यक्ष हिरामान महर्जन रहेका थिए । स्वस्तिक नेपालका हालका अध्यक्ष भरत मल्लको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रअ राधा अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर गुरुङ, स्वस्तिकका पूर्वअध्यक्ष सुदीपसिंह अधिकारी, सफल मोटर्सका सेल्स एण्ड मार्केटिङ म्यानेजर सुनिल घिमिरेलगायतले मन्तव्य दिएका थिए । 

प्रतिक्रिया दिनुहोस