कैलाली । धनगढी उपमहानगरपालिका–३ स्थित केदारटोलमा गएराति शौचालयमा लडेर एक जनाको मृत्यु भएको छ ।
केदारटोलमा बस्ने जगतबहादुर बमका ३१ वर्षीय छोरा रोशन बमको शौचालयमा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले आज जानकारी दिनुभयो ।
सोमबार राति शौचालय गएका बम लामो समयसम्म नफर्किएपछि परिवारका सदस्यले शौचालयको ढोका खोलेर हेर्दा बेहोस अवस्थामा फेला पारेको र उपचारका लागि धनगढीकै मायामेट्रो अस्पताल ल्याएकामा मृत भनी उपचारमा संलग्न चिकित्सकले बताएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । मृतक बमको शव परीक्षणका लागि अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको बताइएको छ । (रासस)


प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०१ पुस २०७६, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु